उपराष्ट्रपति पदका लागि १० बजेदेखि मतदान शुरु

   ३ चैत्र २०७९, शुक्रबार ११:१७  

३ चैत, रौतहट । संसद भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान शुरु भएको छ ।

उपराष्ट्रपति पदका लागि आज बिहान १० बजेदेखि नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा मतदान शुरु भएको स्रोतले जनाएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने स्रोतले जनाएको छ ।

त्यसैगरी, स्रोतका अनुसार आजै साँझ ६ बजेभित्र मतपरिणाम सार्वजनिक हुने बताइएको छ । उपराष्ट्रपति पदका नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएकी हुन् ।
यस्तै, जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको बताएपनि उम्मेदवारी फिर्ता लिने समयसकेपछि मात्रै उम्मेदवारी निष्कृय भएको कारण मतपत्रमा प्रमिला कुमारीको नाम समेत रहेको छ ।