रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

   २ चैत्र २०७९, बिहीबार ११:५८  

२ चैत्र, रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

रौतहटको राजदेवी नगरपालिकामा एक किसानको खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । राजदेवी नपा वडा नं ७ मुडवलवा निवासी अनुप लाल यादवको छोरा अंदाज ४० वर्षीय श्याम यादवको करेन्ट लागेर बुधवार मृत्यु भएको हो ।

आफ्नै उखु खेतमा बिधुतीय लाईनबाट मोटर जोडिएर पानी पटाउदै गर्दा करेन्ट लागि मृत्यु भएको छ । करेन्ट लागेर घाईते भएका यादव लाई प्रादेशिक अस्पताल गौरमा लगीएको थियो । अस्पतालले मृत घोषणा गरेको थियो । मृतक युदवको शव लाई पोष्मार्टम गरी परीवार जन लाई बुझाएको प्रहरी उपरीक्षक उमाशंकर यादवले जनकारी दिएका छन