ट्रक र विङगर आपसमा ठोक्किंदाँ सप्तरीमा १४ जना घाइते
२ चैत, सप्तरी । सवारी दुर्घटनामा परेर सप्तरीमा १४ जनाको मृत्यु भएको छ ।
बुधबार गएराति ट्रक र विङगर एकआपसमा ठोक्किदाँ १४ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर ६ जगमोहन स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख २६०८ नम्बरको ट्रक र सोही विपरीत दिशाबाट आउँदै गरेको बा.०१-०२८ च २२१५ नम्बरको विङगर एक आपसमा ठोक्किदाँ दुर्घटना भएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको स्थानीय युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा विङगरमा सवार चालक र यात्रीहरु रहेका छन् ।
दुर्घटनापछि ट्रकसहित चालक र विङगर नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






