गाडीको ठक्करबाट एक महिलाको मृत्यु
१ चैत, मकवानपुर । गाडीको ठक्करबाट हेटौंडामा आज बिहान एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
आज बिहान पूर्व–पश्चिम राजमार्गको थानाभर्याङमा गाडीको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश ०३–००१ च ६९४३ नम्बरको गाडीको ठक्करबाट ज्यान गुमाएकी महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






