ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

   ३० फाल्गुन २०७९, मंगलवार १०:४६  

३० फागुन, कैलाली । ट्याक्टरको ठक्करबाट कैलालीमा एक बालकको मृत्यु भएको छ ।

ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । टीकापुर नगरपालिका २ निवासी ४५ वर्षीक्ष् पर्शुराम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८४ नम्बरको ट्याक्टरले किचिएर स्थानीय तनबिर अन्सारीका १८ महिने बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारको लागि टीकापुर अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।