प्रतिबन्धित लागुऔषधसहित दुईजना पक्राउ
२९ फागुन, सुनसरी । प्रतिबन्धित लागूऔषधसहित सुनसरीबाट दुई जना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका १६ नौलोबस्तीबाट सोही स्थानका २७ वर्षीय प्रभु साहसहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गोव्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीरुलाई हिरासतमा लिएको छ ।
पक्राउ परेका दुवै जनाको साथबाट लागुऔषध ट्रामाडोल १२ हजार २ सय क्याप्सुल र स्पास्पेइन ५ सय ३० क्याप्सुल बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






