यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २४ जना घाइते
२८ फागुन, सिन्धुली । यात्रुबाहक बत्रस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ, भने २४ जना घाइते भएका छन् ।
ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिन्धुलीको फिक्कल ४ को कुइभीर भन्ने स्थानमा बस दुर्घटना भएको छ । २९ जना सवार रहेको बस अचानक अनियत्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस अनियत्रित भई भित्तामा गएर ठोक्किदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाएका ५ जनाको पहिचान हुन सकेको छैनन् । घाइतेहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।






