घरमा आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु

   २७ फाल्गुन २०७९, शनिबार ११:५०  

२७ फागुन, उदयपुर । उदयपुरको रौतामाईस्थित एक घरमा आगलागी हुँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ८ स्थित एक जनाको घरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । स्थानीय रामबहादुर बुर्जा मगरको घरमा भएको आगलागीमा परेर छोरी ६ वर्षीया जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार साँझ घरमा बिजुली सट भएर आगलागी हुँदा जलेर उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।
घरमा अरु कोही नभएको बेला आगलागी हुँदा दुवै बालबालिकाको मृत्यु भएको हो ।

यस्तै, घरमा रहेको अन्नपात र लत्ताकपडा लगाएत सामानहरु जलेर पूर्णरुपमा नष्ट भएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।