नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक जारी
द नेपाल मिडिया
२७ फाल्गुन २०७९, शनिबार ११:२४

२७ फागुन, रौतहट । नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ ।
आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको चुनावका लागि मनोनयन दर्ताका निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको छ ।
उपराष्ट्रपति पदको उम्मेदवारको चयनका विषयमा छलफलका लागि आज बैठक बोलाइएको स्रोतले जनाएको छ ।