उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नहुने

   २६ फाल्गुन २०७९, शुक्रबार १४:२०  

२६ फागुन, रौतहट । उपराष्ट्रपति पदमा पुरुषले उम्मेदवारी दर्ता नगर्ने निर्वाचन आयोगले जनाएको छ ।

शनिबार हुने उपराष्ट्रपति पदको उम्मेदवारी दर्तामा पुरुषले उम्मेदवारी दिन नसक्ने निर्वाचन आयोगले निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले राष्ट्रपतिको पदमा खासआर्य समुदायका पुरुष (रामचन्द्र पौडेल) निर्वाचित भएकापछि उपराष्ट्रपति पदमा पुरुष उम्मेदवारी नदिई फरक लिङ्ग वा फरक समुदायको मात्र उम्मेदवार हुनसक्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

शनिबार २७ गते फागुन उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता हुने छ, भने आगामी चैत ३ गते चुनाव हुने भएको छ ।