नवनिर्वाचित राष्ट्रपति पौडेलले आज बिहानै गरे पशुपति दर्शन

   २६ फाल्गुन २०७९, शुक्रबार १०:३५  

२६ फागुन, रौतहट । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल दर्शनका लागि गौशालास्थित गुहेश्वरी मन्दिर पुगेका छन् ।

बिहीबार संघीय संसदमा भएको निर्वाचनमा ३३ हजार ८०२ मतले सफल भएका पौडेलले आज बिहानै गृहेश्वरी दर्शनपछि पशुपतिनाथको दर्शन गरेको स्रोतले जनाएको छ ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएर निर्वाचित भएका हुन् ।