निलगाई र मोटरसाइकल आपसमा ठोक्किदाँ रौतहटमा एक जनाको मृत्यु

   २२ फाल्गुन २०७९, सोमबार ११:००  

२२ फागुन, रौतहट । निल गाई र मोटरसाइकल आपसमा ठोक्किदाँ यमुनामाईमा एक जनाको मृत्यु भएको छ ।

रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ४ सरुअठा घर भएको देव नारायण साह सवार भएको मोटरसाइकल र निलगाई एक आपसमा ठोक्किदाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विरगञ्जतर्फ जादैँ क्रममा रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर ५ स्थित बन क्षेत्रबाट एक्कासी सडक पार गर्न खोज्ने निलगाई र साहले चलाएको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

निलगाई र निज सवार भएको मोटरसाइकल ठोक्किदाँ गम्भीर घाइते भएको साहलाई उपचारको लागि ल्याएपनि उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रादेशिक अस्पताल गौरमा पोष्टमार्टम गरेर मृतकको शव परिवारको जिम्मा गलाइएको प्रहरीले जनाएको छ ।