बालुवाटारमा गठबन्धनको बैठक सुरु

   २१ फाल्गुन २०७९, आईतवार १७:२१  

२१ फागुन, रौतहट । सरकारी निवास बालुवाटारमा ८ दलीय गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारमा ८ दलीय गठबन्धनको बैठक सुरु भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पक दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक र माओवादीका शक्ति बस्नेत उपस्थित भएका हुन् ।

बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी भएका छन् ।

त्यसैगरी, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रमेश हमाल, महासचिव बेदुराम भुसाल, जसपाका नेता राजेन्द्र श्रेष्ठ, जनतमतका प्रवक्ता अब्दुल खाँ, नागरिक उन्मुक्तिका नेता गंगा चौधरी, महन्थ ठाकुर, शरदसिंह भण्डारी, चित्रबहादुर केसीलगायतका नेताहरु आजको बैठकमा सहभागि भएको स्रोतले जनाएको छ ।