बाराबाट १२ किलो गाँजासहित ३ जना पक्राउ

   १९ फाल्गुन २०७९, शुक्रबार १४:२९  

१९ फागुन, बारा । बाराबाट लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १ तिनकुने चोकबाट तीन जनालाई गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही उपमहानगरपालिका २२ चकरीका २५ वर्षीय नरेश बम लगाएत ३ जनालाई हिरासतमा लिएको हो । सवारी चेकजाँच गर्ने क्रममा ना।२ ह ४९५० नम्बरको अटोमा सवार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुको साथबाट करिब १२ किलो गाँजा बरामद भएको छ । हिरासतमा रहेको तीनै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।