स्रोत नखुलेको नगदसहित दुई भारतीय नागरिक पक्राउ
१८ फागुन, मोरङ । स्रोत नखुलेको नगदसहित मोरङबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत हरियाणा बहादुरगंज निवासी ३० वर्षीय सन्नी गुप्ता र सोही स्थानका ४३ वर्षीय सुरेन्द्र कुमार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सवारी चेकजाँच गर्ने क्रममा विराटनगर महानगरपालिका १५ स्थित ढाटबाट बुधबार राति स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
सवारी चेक गर्ने क्रममा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुको साथबाट ७ लाख २० हजार भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






