छोरीको हत्या आरोपमा बाबु पक्राउ
१८ फागुन, बागलुङ । दुई वर्षीया छोरीको हत्या आरोपमा बाबु पक्राउ परेका छन् ।
बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ४ सर्कुवाबाट एक जनालाई हत्या आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा कोही नभएको बेला बुधबार साँझ २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षीया छोरी आरिसा दिनको हत्या गरेका थिए ।
मृतक शिशुको टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । छोरीको हत्या पश्चात् लुकाएर बसेको उनलाई हिरासतमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हाल मृतक बालिकाको शव पोष्टमार्टमको लागि धौलागिरि अस्पताल बागलुङमा राखिएको छ । पक्राउ परेका आरोपी बाबुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






