कैलालीको छुट्टाछुट्टैस्थानबाट लागूऔषधहित तीन जना पक्राउ
१६ फागुन, कैलाली । कैलालीको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिकाको छुट्टाछुट्टै स्थानबाट तीन जनालाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका ५ बिजैराका ३२ वर्षीय ओकेन्द्र चौधरी र सोही नगरपालिका ६ भुयरा बस्ने ३१ वर्षीय विष्णु चौधरी र २४ वर्षीय जयकिशन चौधरी रहेको प्रहरीले जनाएको छ ।
ओकेन्द्र र विष्णुको साथबाट १ ग्राम ८ सय ३० मिलिग्राम खैरो हेरोइन बरामद भएको हो, भने जयकिशनको साथबाट प्रहरीले १ सय ८० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा जयकिशन चौधरीलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






