सवारी दुर्घटना हुँदा पर्सामा एक भारतीय नागरिकको मृत्यु
१३ फागुन, पर्सा । पर्सामा भएको सवार दुर्घटनामा परेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
दुर्घटनामा परेर भारत बिहारको बेतिया जिल्ला पश्चिम चम्पारण निवासी २२ वर्षीय कैयफली चुरिहारको मृत्यु भएको छ । जिल्लाको पोखरिया नगरपालिका ३ बसन्तपुरमा भिष्वाबाट पोखरियातर्फ जाँदै गरेको ना १५ प ५०३६ नं. को मोटरसाईकललाई BR 22N3796 नम्बरको मोटरसाईकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते भएको BR 22N3796 नम्बरको मोटरसाईकलका चालक कैयफलीलाई तत्कालै घटनास्थलबाट उद्धार गरी पोखरिया अस्पतालमा ल्याइएको थियो ।
शुक्रबार दिउँसो २ बजेतिर दुर्घटनामा घाइते भएको उनलाई अस्पतालमा ल्याएपनि उपचारकै क्रममा ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोष्टमार्टमका लागि मृतकको शव नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






