भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

   १२ फाल्गुन २०७९, शुक्रबार १०:४४  

१२ फागुन, मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्लाको पथरीशनिश्चरे नगरपालिका १० मा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको झापाको दमक नगरपालिका ४ घर भएको ३० वर्षीय विशाल सिटौलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ करिब ५:३० बजेतिर मे१च ४१७१ नम्बरको भ्यानले मे७प ७५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाइते भएको मोटरसाइकल चालकलाई उपचारको लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा ल्याएपनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् फरार भएको गाडी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।