बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

   १० फाल्गुन २०७९, बुधबार १५:१२  

१० फागुन, कैलाली । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज दिउँसो १ बजेतिर भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पबाट कुनै किसिमको क्षति नभएपनि बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।