पोखरामा भएको बस दुर्घटनामा ४९ जना घाइते
७ फागुन, कास्की । पोखरामा आज दिउँसो भएको बस दुर्घटनामा परेर ४९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित रहेको डाँडाको नाक भन्ने स्थानमा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा ४९ जना घाइते भएका छन् ।
बेगनास-पोखरा सडकखण्डमा ग १ ख ६७४७ नम्बरको बस दुर्घटना हुँदा घाइते भएका ४९ जनाको उद्दार गरेर अस्पताल पठाइएको छ ।
उद्दार गरेको ४९ जनामध्ये ४० जनाको गण्डकी स्वास्थ्य प्रतिष्ठान र ५ जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, अन्य ४ जनाको विभिन्न अस्पतालमा उपचाका लागि पठाइएको छ । दुर्घटनामा परेर घाइते भएकाहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएकाले हाल घाइतेहरुको संख्या एकीन हुन नसकेको प्रहरीले जनाएको छ ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






