पोखरामा यात्रुबाहक बस दुर्घटना

   ७ फाल्गुन २०७९, आईतवार १६:२६  

७ फागुन, कास्की । पोखरामा यात्रुबाहक बस दुर्घटना भएको छ ।

कास्कीको पोखरास्थित बेगनास(पोखरा सडकखण्डमा आज दिउँसो यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना भएको ग २ ख ६७४७ नम्बरको बसमा करिब ४५ जना सवार भएका थिए ।

डाँडाको नाक प्रहरी चौकीनजिकै शिशुवामा बस दुर्घटना हुँदा घाइते भएकाहरुको उद्धार कार्य जारी रहेको छ । बेगनास तालबाट पोखरातर्फ जाने क्रममा बस दुर्घटना भएको छ ।

हाल दुर्घटना बारे विस्तृत विवरण आउँन बाँकी नै रहेको छ ।