कञ्चनपुरबाट ३ जना पक्राउ

   ६ फाल्गुन २०७९, शनिबार ११:५९  

६ फागुन, कञ्चनपुर । स्रोत नखुलेको नगद र गहनासहित कञ्चनपुरबाट तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीय वीरेन्द्र सार्की, कैलालीको गोदावरी नगरपालिका ८ का २९ वर्षीय अम्मर भुल र ३९ वर्षीय खड्कसिंह भुल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पुनर्वास नगरपालिका ४ को आनन्द बजार नजिकैको कार्गिल डाँडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँ तथा गहनासहित तीनै जनालाई सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।

तीनै जनाको साथबाट बरामद भएको रकम र गहनासहित उनीहरुलाई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ ।