सौफी रक्सीसहित रौतहटबाट ३ जना भारतीय पक्राउ
४ फागुन, रौतहट । सौफी रक्सीसहित रौतहटबाट ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला ग्राम पचपकडी वडा नम्बर १३ का ४५ वर्षीय नरेश महतो, २४ वर्षीय ओमप्रकाश कुमार र कसवाकपुर पकरी वडा नम्बर १६ घर भएको २५ वर्षीय एमडी सलमान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित मोहन अग्रवालको बगैचा नजिकैबाट सौफि मदिरा सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
DL4C NB 0616 नम्बरको स्कारपियोबाट ५ सय ७० बोतल सौफी बरामद भएको छ । गाडीमा लुकाई छिपाई राखेको अवस्थामा बरामद भएको रक्सीको मूल्य करिब १४ हजार २ सय ५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनासहित रक्सी तथा गाडीलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






