प्रधानमन्त्री र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

   ४ फाल्गुन २०७९, बिहीबार ११:१०  

४ फागुन, रौतहट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली आज बिहान सरकारी निवास बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बिहीबार बिहान प्रचण्ड र ओलीबीच भएको भेटवार्तामा राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।

यही फागुन २५ गते (बिहीबार) राष्ट्रियको निर्वाचन हुने भएको छ ।