२४ किलो चरेशसहित ४ जना थाइ नागरिक पक्राउ

   ३ फाल्गुन २०७९, बुधबार १४:५२  

३ फागुन, रौतहट । प्रतिबन्धित लागूऔषधससहित काठमाडौँबाट ४ जना थाइ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा येवालुक ज्वाब्स्री, परिचार्ट पम्परुक, न्याटपोल ट्रीचैया र न्याट्नरी ट्रीचैया थाइ नागरिक रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट थाइल्यान्डको बैंकक जान लागेका चारै जनालाई २४ किलो चेरशसहित नियन्त्रणमा लिएको छ ।

सूक्ष्म निगरानीमा निस्किएको प्रहरीले उनीहरूलाई शंकास्पद चेकजाँच गर्दा २४ किलो चेरस चारै जनाको साथबाट बरामद गरिएको स्रोतले जनाएको छ ।

पक्राउ परेका चारै जनामाथि यसबारे प्रहरीले अनुसनधान गरिरहेको स्रोतले जनाएको छ ।