सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   ३ फाल्गुन २०७९, बुधबार १३:०३  

३ फागुन, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन र चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुनको मूल्य बुधबार १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार २ सय ९० रुपैयाँ तोकिएको छ । यसअघि हिजो चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।