स्रोत नखुलेको भारतीय नोटसहित एक जना पक्राउ
२ फागुन, महोत्तरी । स्रोत नखुलेको भारतीय नोटसहित महोत्तरीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ८ स्थित दशगजा क्षेत्र नजिकैबाट सोही नगरपालिका निवासी २९ वर्षीय महेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरी टोलीले मटिहानी नगरपालिका ८ स्थित दशगजा क्षेत्र नजिकैबाट ज.६ प ६६६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ट्यांकीमुनि लुकाई छिपाई राखेको अवस्थामा १७ लाख भारतीय नोट बरामद गरेको थियो ।
निजको साथाबाट बरामद भएको रुपैयाँको स्रोत नखुलेको कारण उनलाई हिरासतमा लिएको हो ।
यादवको साथबाट बरामद भएको रकम र मोटरसाइकल हिरासतमा राखी उनीमाथि यसबारे अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।






