आजबाट इन्टरनेट एक्सप्लोरर बन्द

   २ फाल्गुन २०७९, मंगलवार १६:३९  

२ फागुन, एजेन्सी । आजबाट माइक्रोसफ्टले आफ्नो सबैभन्दा पूरानो इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोरर बन्द गरेको छ ।

सबैभन्दा पूरानो इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोररलाई माइक्रोसफ्टले आजदेखी सधैका लागि बन्द गरेको छ । केही अगाडि देखि नै सेक्योरिटी सपोर्ट दिन छाडेको इन्टरनेट एक्सप्लोररलाई माइक्रोसफ्टले बन्द गरेको हो ।

माइक्रोसफ्टले आफ्नो विन्डोज १० अपरेटिङ सिस्टमबाट सफ्टवेयर अपडेटका माध्यमबाट इन्टरनेट एक्सप्लोररलाई स्थायी रुपमै निस्क्रिय बनाएको हो ।

यस्तै, विन्डोज १० वाला अपरेटिङ सिस्टमवाला सबै ल्यापटाप तथा कम्प्युटरमा इन्टरनेट एक्सप्लोररको प्रयोग गर्न सकिने बताइएको छ । एजेन्सी