ट्रकको ठक्करबाट पर्सामा एक जनाको मृत्यु

   २ फाल्गुन २०७९, मंगलवार १५:१४  

२ फागुन, पर्सा । पर्साको वीगगञ्जमा ट्रकले च्यापिएर एक साइकल यात्रीको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका २० मा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बहुअरीबाट परवानीपुरतर्फ जाँदै गरेको बाग्मती प्रदेश–०३–००१ ख १४१८ नम्बरको ट्रकले साइकलमा सवार नागेन्द्र ठाकुरलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार परवानीपुरबाट अपौनी चोकतर्फ आउँदै गरेको ठाकुरलाई ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट रेलिङमा च्यापिएर गम्भीर घाइते भएको उनलाई उपचारको लागि नारायणी अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् ठक्कर दिने ट्रक चालक मकवानपुर घर भएका रमेश गोम्बालाई हिरासतमा लिई घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।