नेपाली तीर्थालुमाथि बैरगनियाँ रेलवे स्टेशनमा लठ्ठी प्रहार
२ फागुन, रौतहट । नेपाली तीर्थलुमाथि भारत बिहारको बैरगनियाँ रेलवे स्टेशनमा कुटपिट गरिएको छ ।
भारतको बिहार बैरगनियाँ रेलवे स्टेशनमा एक युवकले नेपाली तीर्थालु यात्रीमाथि दुव्यवहार गर्दै हातपात गरेका छन् । रेलको डब्बाको ढोका चाँडै नखोलेको भन्दै अपरिचित भारतीय युवकले बाराको एक जना कावरियामाथि कुटपिट गरेका हुन् ।
बारोको उत्तरझिटकैयाका भान्साका कावरिया जयप्रकाश मण्डलमाथि एक भारतीय युवक अपशब्द प्रयोग गर्दै झ्याल बाहिरबाट लाठी प्रहार गरेका थिए । लठ्ठीको प्रहारबाट जयप्रकाश घाइते भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार भारतीय नागरिकले गरेको लठ्ठी प्रहारबाट कावरिया जयप्रकाशको बायाँ हातको कान्छी औँला काटिएको छ ।






