८ लाख नगदसहित पर्साको वीरगन्जबाट एक पक्राउ
२९ माघ, पर्सा । स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको बिओपी वीरगन्जबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका १६ शंकरा आचार्य गेटबाट इनरवा घर भएको २५ वर्षीय रामप्रवेश कुमारलाई हिरासतमा लिएको छ ।
सवारी चेकजाँच गर्ने क्रममा आज दिउँसो १२ बजेतिर रामप्रवेश सवार भएको बिआर ०५ एभी ३४७७ नम्बरको मोटरसाइकललाई शंकास्पद अवस्थामा रोकी चेक गर्ने क्रममा हेल्मेटमा रुपैयाँ लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
निजको साथबाट स्रोत नखुलेको ८ लाख बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेको उनीमाथि यसबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।






