कपडा पसलमा आगलागी हुँदा लाखौँको क्षति

   २९ माघ २०७९, आईतवार १५:३१  

२९ माघ, बारा । बाराको जीतपुरसिमरामा एक कपडा पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा स्थानीय अनिल साहले संञ्चालन गरेको कपडा पसलमा विधुत सर्ट भएर आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

जीतपुरस्थित सिटी मार्केटमा संञ्चालन गरेको स्थानीय व्यवसायी अनिल साहको रेडिमेड कपडा पसलमा आइतबार बिहान करिब ६ बजेतिर विधुत सर्ट भएर आगलागी हुँदा ५ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

कपडा पसलमा आगलागी भएको खबर पाएलग्त्तै दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र व्यवसायीको सहयोगमा करिब ३ घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब ६० लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।