खैरो हेरोइनसहित दुई जना पक्राउ
२९ माघ, कैलाली । लागूऔषधसहित कैलालीको छुट्टाछुट्टैस्थानबाट दुई जना पक्राउ परेका छन् ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर १ बाँसबारी स्थित पुष्पराज पुन मगरको घरमा डेरा गरी बस्ने चुरे गाउँपालिका वडा नम्बर ३ बस्ने २३ वर्षीय निर्मला कुमारी रावत र सोही नगरपालिका वडा नम्बर १ धनगढी रोडका २४ वर्षीय राजन हमाल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार निर्मला कुमारी रावतको साथबाट ३ ग्राम १६० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ भने राजन हमाललाई १ ग्राम ३४० मिलिग्राम लागु औषध खैरो हेरोइनसहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।






