बंगलादेशका राजदूत र प्रधानमन्त्रीबीच भेटवार्ता

   २७ माघ २०७९, शुक्रबार १५:०६  

२७ माघ, रौतहट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बंगलादेशका राजदूत नोमान चौधरी बालुवाटार पुगेका छन् ।

नेपाल आएका बंगलादेशका राजदूत नोमान चौधरीले प्रधानमन्त्रीसंग शिष्टाचार भेटवार्ता गरेका हुन् । नोमान चौधरीले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेको स्रोतले जनाएको छ ।

स्रोतका आनुसार आज भएको भेटवार्तामा दुई पक्षीय सम्बन्ध, जलविद्युत, व्यापार र कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको छ ।