पश्चिम रुकुमको स्यालाखदीमा आज बिहानै भूकम्पको धक्का
द नेपाल मिडिया
२७ माघ २०७९, शुक्रबार १२:२५
२७ माघ, रुकुम । पश्चिम रुकुमको स्यालाखदीमा भूकम्पको धक्का महसुस गरिएको छ । रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर आज बिहान भूकम्प भएको छ ।
शुक्रबार बिहान ८ बजेर ५२ मिनेटमा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।






