नेपाली कांग्रेसले बोलाएको संसदीय दलको बैठक स्थगित
द नेपाल मिडिया
२५ माघ २०७९, बुधबार १७:१३
२५ माघ, रौतहट । नेपाली कांग्रेसले बोलाएको संसदीय दलको बैठक स्थगित भएको छ ।
तत्काल छलफलको विषय नरहेको भन्दैँ नेपाली कांग्रेसले बोलाएको संसदीय दलको बैठक स्थगित भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार यसअघि बिहीबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएपनि पार्टीका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बैठक स्थगित गरेका हुन् ।






