प्रतिबन्धित लागूऔषधसहित पर्साबाट ३ जना पक्राउ

   २५ माघ २०७९, बुधबार १४:१३  

२५ माघ, पर्सा । प्रतिबन्धित लागूऔषधसहित पर्साको वीरगञ्जबाट ३ जना पक्राउ परेका छन् ।

लागूऔषधसहित पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ का ट्रक चालक ४२ वर्षीय निर्मल पौडेल, ४० वर्षीय रमेश थापा र २९ वर्षीय सुदर्शन खड्का रहेको प्रहरीले जनाएको छ ।

मालवाहक ट्रकमा लुकाईछिपाई राखेको अवसथामा मंगलबार बेलुकी ६ बजेतिर लागूऔषधसहित तीनै जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका २५ स्थित सिर्सियाँ सुक्खा बन्दरगाह गेटबाट प्रदेश २–०३–००१ क १९३४ नम्बरको ट्रकमा सवार उनीहश्रलाई पक्राउ गरिएको छ ।

सवारी चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा ट्रकलाई रोकी जाँच गर्दा ट्रकको चालक बस्ने सिटमुनि बोराभित्र लुकाइछिपाई राखेको अवस्थामा ओनरेक्स १ सय एमएलको १ सय ६६ बोत्तल र कोडिवेल कफ सिरप ५७ बोतल गरी कुल २ सय ३ बोतल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।