सिरहामा झुण्डिएको अवस्थामा बालकको शव फेला

   २५ माघ २०७९, बुधबार १३:४६  

२५ माघ, सिरहा । सिरहामा एक बालक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १२ मा ९ वर्षीय बालक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ढोकामा आग्लो लगाएर दलिनमा झुण्डिएको अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

कक्षा ४ मा अध्ययनरत रहेको रुपेशकुमार महतो सारस्वरस्थित घरमै झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । केही दिनदेखी विद्यालय नगएकोले ती बालकलाई उनका बुवा जुगती महतोले गाली गरेर स्कुल छाडेर आएपनि टिफिन भएको बेला स्कुलबाट भागेर घर आएका बालक दलिनमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

मृत बालकको जिल्ला अस्पताल सिरहामा शव पोष्टमार्टम गरि शव परिवारको जिम्मा लगाएको छ ।