बालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता

   २४ माघ २०७९, मंगलवार १३:५५  

२४ माघ, रौतहट । बालुवाटारमा प्रधानमन्त्री प्रष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आगामी फागुन २५ गते (बिहीबार) हुने राष्ट्रपतिको निर्वाचनको विषयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको छ ।

यस्तै, सरकार गठनका बेला एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो ।