टर्कीमा भएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ३७ सय नाघ्यो

   २४ माघ २०७९, मंगलवार १२:५८  

२४ माघ, एजेन्सी । टर्कीमा सोमबार बिहानै भएको भूकम्पमा ३७ सय भन्दा बढी मानिसहरुले ज्यान गुमाएका छन् ।

सोमबार बिहान ४ बजेर १७ मिननेटमा भएको शक्तिशाली भूकम्पमा परेर हालसम्म ३ हजार ७ सय भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको जनाइएको छ । समाचार संस्था एपीका अनुसार ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति र्पुयाएको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

यस्तै, भूकम्पमा परेर हजारौं मानिसहरू घाइते भएका हुन् । भूकम्पबाट सबैभन्दा धेरै टर्की र सिरियामा क्षति भएको छ भने त्यस क्षेत्रको सयौं घरहरू भत्किएका छन् । एजेन्सी