घरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु

२४ माघ, जुम्ला । जुम्लाको चन्दनाथ नगरपालिकास्थित एक घरमा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ ।
चन्दनाथ नगरपालिका वडा नम्बर १ ठिन्के बस्ने लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा उनकी १४ वर्षीया छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीन तल्ले घरमा भण्डारीकी सासू, श्रीमतीसहित ७ जना सुतेका थिए । घरमा आगो लागेको थाहा भएपछि घरबाट अरु जना निस्नक सफल भएपनि ती बालिका तेस्रो तलमा भएका कारण बाहिर आउँन नपाएकोले जलेर त्यसको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार राति १०:३० बजेतिर भएको आगलागीबाट तीन कोठे घर पूर्णरुपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीमा परेर सामान्य घाइते भएको लोकबहादुर भण्डारीको उपचार भइरहेको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा राखिएको छ ।
घरको दोस्रो तलाबाट आगलागी भएको प्रहरी जनाएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।