अस्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा आगलागी

   २३ माघ २०७९, सोमबार १३:३८  

२३ माघ, एजेन्सी । अस्ट्रेलियाको मेलबर्नस्थित रहेको एक बौद्ध मन्दिरमा आगलागी भएको छ ।

मेलबर्नको दक्षिणपूर्वमा रहेको ब्राइट मून बौद्ध मन्दिरमा आगलागी भएको छ । बौद्ध मन्दिरमा आइतबार गएराति भएको आगलागी नियन्त्रणका लागि करिब ८० अग्निनियन्त्रकहरु घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिने काम गरिरहेका छन् ।

एफआरभीका सहायक प्रमुख अग्नि नियन्त्रक पल फोस्टरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार अग्निनियन्त्रकहरूले सोमबार बिहान बाँकी रहेको आगो निभाउने काम गरिरहेका छन् ।

पाँच तला अग्लो बौद्ध मन्दिरमा भीषण आगलागी हुँदा आगलागीको ज्वाला टाढादेखि नै स्पष्ट देखिएको थियो । हाल आगलागीको कारण खुलेको छैइन् । यसबारे अनुसन्धान भइरहेको छ । एजेन्सी