मोटरसाइकल दुर्घटना हुँदा चन्द्रपुरमा एक जनाको मृत्यु
२३ माघ, रौतहट । रौतहटको चन्द्रपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ धन्सार पुल नजिक भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सर्लाहीबाट निजगढ जाँदै गरेको मधेश प्रदेश–०४–००१ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३० वर्षीय किरण लामा घिसिङको मृत्यु भएको छ ।
आइतबार बेलुकी ७ बजेतिर अचानक मोटरसाइकल अनियन्त्रित भई पल्टिंदा सर्लाहीको हरिवन नगरपालिका ७ बस्ने घिसिङ गम्भीर घाइते भएका थिए ।
घटनास्थलबाट तत्कालै उनलाई उद्धार गरी उपचारको लागि चन्द्रपुर अस्पतालमा ल्याएपनि उपचारकै क्रममा ८:१५ बजेतिर निजको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
यसबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।






