सामान्य विवाद हुँदा छोराले गरे बुवाको हत्या
२० माघ, रौतहट । आफ्नै बुवाको हत्या आरोपमा रौतहटको चन्द्रपुरबाट एक जना पक्राउ परेका छन् ।
सामान्य घरायसी विवाद हुँदा छोराले आफ्नै बुवामाथि चिर्पट प्रहार गरेको प्रहरीले जनाएको छ । रौतहटको चन्द्रपुर नगरपालिका ६ स्थित हातेमालो सामुदायिक वन नजिकै घर भएका ३२ वर्षीय प्रकाश राईले ५५ वर्षीय बुवा निरबहादुरमाथि बिहीबार राति नै चिर्पट प्रहार गरेका थिए ।
बुवा-छोराबीच भएको सामान्य विवाद चर्काेपछि निरबहादुरको टाउकोमाथि छोराले चिर्पट प्रहार गरेको थियो । छोराले प्रहार गरेको चिर्पटबाट गम्भीर घाइते भएको उनलाई उपचारको लागि तत्कालै अस्पतालमा ल्याएपनि चिकित्सकले उनलाई मृत घोषणाले गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि चन्द्रपुर अस्पतालमै राखिएको छ । आरोपी छोरालाई नियन्त्रणमा राखी घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।






