मानव बेचबिखन गर्ने दुई जना प्रहरीको नियन्त्रणमा

   १९ माघ २०७९, बिहीबार १४:५४  

१९ माघ, रौतहट । मानव बेचबिखन गरेको आरोपमा दुई जनालाई प्रहरीले हिरासतमा लिएको छ ।

कुवेत र्पुयाएर मानव बेचबिखन गरेको अभियोगमा उदयपुर घर भई टोखा नगरपालिका ३ स्थित डेरा गरी बस्दैँ आएको ४४ वर्षीय रवि थापा मगर र ईलाम घर भई काठमाडौँ ९ शम्भुमार्गस्थित न्यू लम्मीमार्ग गेष्ट हाउसबाट ४१ वर्षीय डम्बर मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आरोपी दुवै जनाले कुवेतको रोयल रेष्टुरेन्ट वेट्रेसको काममा मासिक पारिश्रमिक १२० कुवेती दिनार हुने प्रलोभन देखाई प्रलोभनमा पारेर बेचने काम गरिरहेका थिए ।