भारतबाट इन्धनको मूल्य बढेर आयो

१८ माघ, रौतहट । इन्धनको मूल्य भारतबाट बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य भारतबाट बढेर मंगलबार बेलुकी आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट हिजो बेलुकी इन्धनको नयाँ मूल्य तोक्किएर आएको निगमले जानकारी दिए ।
भारतले बठाएको इन्धनको नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको छ । यस्तै, मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको तथा हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेको आयल निगमले जनाएको छ ।
त्यसैगरी, मंगलबार बेलुकी भारतबाट इन्धनको मूल्य बढेर आएपनि नेपाल आयल निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य हाल निर्धारण गरेको छैन ।