अखाद्य सामग्री मिसावट गरेको आरोपमा फुलतारा डेरीका संञ्चालक
१८ माघ, रौतहट । अखाद्य सामग्री मिसावट गरेर दहि, घ्यू विक्री वितरण गर्दै आएको आरोपमा गौरस्थित फुलतारा डेरीका संञ्चालक पक्राउ परेका छन् ।
रौतहटको गौर नगरपालिका वडा नम्बर ५ स्थित रहेको फुलतारा डेरीका संञ्चालक मोहम्मद समिम र मोहम्मद मोतिउल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
डेरीमा अखाद्य पदार्थको प्रयोगबाट तयार पारिएको घिउ, दहि विक्री वितरण गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिरासतमा लिएको हो ।
जिल्लाको राजपुर नगरपालिका वडा नम्वर १ भगवानपुर घर भई हाल गौरस्थित आफ्नै घरमा डेरी संञ्चालन गरेको महम्मद मतिउल्लाह र मोहम्मद समिमलाई मंगलबार बेलुकी ५:३० बजेतिर निजको घरबाटै पक्राउ गरेको थियो । फुलतारा डेरीमा हिजो प्रहरीले छापा मारेको घटनास्थलबाट विभिन्न किसिमको केमिकल पाइएको थियो ।
अखाद्य सामग्री मिसावटबाट बनाइएको सामाग्री खादाँ शरीरलाई हानी हुने थाहा हुदाँ हुदैँ केमिकल गरेर बनाइएको दहि, घ्यू विक्री गरेको अभियोगमा पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






