आमाको हत्या आरोपमा छोरा पक्राउ

   १७ माघ २०७९, मंगलवार १२:२१  

१७ माघ, कैलाली । आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् ।

छोराले प्रहार गरेको बञ्चरोबाट कैलालीमा आमाको मृत्यु हुँदा आरोपीलाई प्रहरीले हिरासतमा लिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बगमाराका श्रीराम थारुले आफ्नै आमा लगनी थरुनीमाथि सोमबार राति बञ्चरो प्रहार गरेका थिए ।

बञ्चरोको प्रहारबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि धनगढीस्थित नवजिवन अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आरोपी छोरा श्रीरामलाई अस्थायी प्रहरी पोष्ट चुहाले देउराली सामुदायिक वनबाट हिरासतमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।