आगामी चैत १७ गतेबाट एसईईको परीक्षा हुने

१५ माघ, रौतहट । आगामी चैत १७ गतेबाट (एसईई)को परीक्षा हुने भएको छ ।
चैत १७ गते (शुक्रबार) देखी यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) सुरु हुने सुचना सार्वजनिक भएको हो । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले परीक्षाको तालिकासहित सुचना शनिबार सार्वजनिक गरेको हो ।
आगामी चैत १७ गते शुक्रबारदेखी सुरु हुने (एसईई)को परीक्षण चैत २९ गते सम्म हुने बताइएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।
यस्तै, राष्ट्रिय परीक्षा बोर्डले उक्त मितिमा नियमित तथा पुरक र ग्रेडवृद्धिको परीक्षा हुने सुचनामा उल्लेख गरिएको छ ।